Logo

प्रचण्डको कडा टिप्पणी : केपी ओली लाज पचाएर भाषण गर्दै हिँडेको देख्छु, मलाई त बडो अनौठो लाग्छ (भिडिओसहित)



काठमाडौं, २० कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लाज पचाएर भाषण गर्दै हिँडेको टिप्पणी गरेका छन् । आज (आइतबार) रामेछापका नेकपा (एमाले) का नेता रामकृष्ण लामासहितका दर्जनौं नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा सच्चा राष्ट्रवादी भनेको माओवादी नै भएको भन्दै अब निर्वाचनको युद्धमा होमिन निर्देशन दिए । उनले नवप्रवेशीहरुलाई गठबन्धनको पक्षमा जनमत सिर्जना पनि आग्रह गरे । उनले एमालेभित्र ओली प्रवृत्ति परिवर्तनविरोधी रहेको सुनाए । उनले आफूहरुले वाम गठबन्धन गरेर दुई तिहाई बहुमत ल्याएको र ओलीलाई प्रधानमन्त्री बनाएको स्मरण गराए ।

उनले अहिले केपी ओली के भनेर जनतामा भोट माग्न गएको भन्दै प्रश्न गरे । उनले भने,‘जनतालाई उनले के ठान्छन् ? मैले उखान टुक्का भनें भने सबै जनताले भोट हाल्छन् भन्ने सोचेको होलान् । जनताले संसद् विघटनलाई स्विकार नगरेको हो । बालुवाटार छोडेर बालकोट जानुपर्ने परिस्थिति भयो । स्थानीय तहको निर्वाचनमा पनि दुइ तिहाई ल्याउँछु भनेर गफ हाने, १०० सिट झर्यो ।’ उनले ओलीको गफले देशमा केही हुनेवाला नभएको दाबी गरे ।

https://www.facebook.com/prachanda.nepal/videos/802945274292799

 



प्रतिक्रिया दिनुहोस्