काठमाडौं, २१ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको पाँच दलीय गठबन्धन विदेशीसँग झुकेको आरोप लगाएका छन् । आज (सोमबार) पोखरामा आयोजित बृहत्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।
उनले भने,‘पाँच दलीय गठबन्धन विदेशी शक्तिसँग झुकेर हजुर प्रभु गरिरहेको छ ।’ उनले आफूले माओवादी अध्यक्ष प्रचण्डले जनादेशको अनादर गरेपछि संसद् विघटन गर्नुपरेको पनि स्पष्ट पारे । प्रचण्डले जनादेशको अनादर गरेर आफूहरूको प्रतिबद्धता च्यातेपछि संसद् विघटन गरिएको उनको स्पष्टोक्ति थियो ।
उनले भने,‘माओवादी र हामी मिलेर संयुक्त घोषणापत्र ल्याएका थियौँ । प्रचण्डले त्यसलाई लत्त्याएर च्यातेर जनादेशको अनादर गरेपछि ताजा जनादेशमा जानुपर्ने अवस्था बन्यो ।’ उनले आफूले नभएर वर्तमान गठबन्धनले संविधान मास्ने काम गरेको दाबी गरे । file photo