काठमाडौं, २३ कात्तिक । मोरङ क्षेत्र नं.३ (१)का कांग्रेसबाट प्रदेशसभा उम्मेदवार शेखरचन्द थापाको निधन भएको छ । उनको डेगीको कारण उपचारको क्रममा निधन भएको हो ।
मंसिर ४ गते नै सो क्षेत्रमा मतदान गर्ने व्यवस्था गर्ने गरी निर्वाचन आयोगले तयारी गरिरहेको श्रोतले जनाएको छ। आयोगले पुःन मनोनयनलगायतका सबै प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ ।
आगामी मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि निर्वाचन हुन लागेको हो ।