Logo

मोरङ–३ (१) मा लिम्बुलाई टिकट दिने कांग्रेसको तयारी



काठमाडौं, २४ कात्तिक । मोरङ क्षेत्र नम्बर ३ (१) प्रदेशसभा सदस्यको लागि नेपाली कांग्रेसले मानबहादुर लिम्बुलाई टिकट दिने भएको छ ।

उक्त क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि काग्रेसले पुर्व महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति समेत रहेका लिम्बुलाई टिकट दिने भएको हो । निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लाग आज १ बजेसम्मको समय दिएको छ ।

थापाको डेंगीको कारण उपचारको क्रममा नोबेल अस्पतालमा मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्