एजेन्सी, २४ कात्तिक । भारतीय टेनिस स्टार सानिया मिर्जा र पाकिस्तानी क्रिकेटर शोएब मलिकबीच सम्बन्धविच्छेद भएको छ ।
यसबारे शोएबका एक नजिकका साथीले बताएका हुन् । जो उनको व्यवस्थापन टोलीका सदस्य हुन्। उनले भने–‘म दुबैको डिभोर्सको पुष्टि गर्न सक्छु तर योभन्दा बढी केही भन्न सक्दिन ।’
डिभोर्सको हल्लाको बीचमा मलिकको मोडल आयशा कमरसँगको अन्तर्वार्ता भाइरल भइरहेको छ । यसमा मलिकले फोटोसुटका क्रममा आयशाले मलाई धेरै सहयोग गरेको खुलासा गरेका थिए । वास्तवमा, २०२१ मा मलिकले आयशासँग बोल्ड फोटोशूट गराएका थिए । अहिले यी तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।
सानिया र शोएबको विवाह १२ अप्रिल २०१० मा हैदराबादमा भएको थियो । १५ अप्रिलमा लाहोरमा रिसेप्शन दिइएको थियो । उनीहरु दुवैको एक छोरा इझान छन् । उनको जन्म २०१८ मा भएको थियो ।