Logo

काठमाडौं–२ का उम्मेदवार राम मणि (दास) नेपालका यस्ता छन् चुनावी एजेण्डा



काठमाडौं, २४ कार्तिक । आगामी निर्वाचनको लागि काठमाडौं–२ का प्रतिनिधिसभाका उम्मेदवार राम मणि (दास) नेपालले आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन् । शंख चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका नेपालले आफू नेपाली युवाहरुको आवाजको प्रतिनिधित्व गर्न र सो क्षेत्रको विकासको लागि चुनावी मैदानमा खडा भएको बताएका छन् ।

उनले आफ्नो चाहना भनेको सांस्कृतिक समृद्धि नै रहेको पनि सुनाउने गरेका छन् । उनले आफ्नो चुनावी वाचामा बाटो, धारा, पानी आदि पूर्वाधारहरुको समस्या समाधान गर्ने र सार्वजनिक स्थानमा निःशुल्क ईन्टरनेटको सुविधा प्रदान गर्ने कुरा उल्लेख गरेका छन् ।

त्यस्तै, कोटेश्वरको जाम हटाउने, सुकुम्बासी समस्याको समाधान गर्ने, शंखरापुर नगरपालिकामा विश्वस्तरीय वैदिक अध्ययन, अनुसन्धान विश्वविद्यालय केन्द्रको निर्माण गर्ने पनि उनले प्रतिबद्धता जनाएका छन् । विद्यार्थीहरुको लागि निःशुल्क वैदिक शिक्षाको व्यवस्था गर्ने उनको अर्को प्रतिबद्धता छ ।

जोरपाटी साँखु हुँदै नाङ्लेभारेसम्मको सडक सुधार गर्ने र शालिनदीको सफाई एवं सुधार गर्ने पनि उनले उल्लेख गरेका छन् । त्यस्तै, नौतनपुरीधाको विकास गर्ने उनको योजना छ । सो क्षेत्रका जेष्ठ नागरिकका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने महिलाहरुको लागि निःशुल्क स्वास्थ्य उनको अर्को एजेण्डा छ ।



प्रतिक्रिया दिनुहोस्