Logo

गठबन्धनका उम्मेदवार जिताउन भित्रभित्रै भरतपुरका मेयर रेनुको सक्रियता बढ्यो



काठमाडौं, २७ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनमा चितवनमा गठबन्धनका साझा उम्मेदवार जिताउनको लागि भरतपुर महानगरकी मेयर रेनु दाहालको सक्रियता बढेको छ । जिल्लामा लोकप्रिय छवि बनाएकी रेनुले गठबन्धनका साझा उम्मेदवार जिताउनको लागि पहल लिएकी छिन् । भरतपुर महानगरका मेयर रेनु र उपमेयर चित्रसेन अधिकारी नै यतिवेला गठबन्धनका साझा उम्मेदवारहरु जिताउन भित्रभित्रै लागिपरेका छन् ।

निर्वाचनमा स्थानीय सरकारका जनप्रतिनिधिहरु चुनावी सभा तथा र्यालीमा सहभागी हुन आचारसंहिता बाधक बनेको छ। तर, कतिपय स्थानीय तहका मेयर तथा उपमेयरले आफ्नो मूल पार्टीको पक्षमा माहोल बनाईरहेका छन् । हिजोमात्रै गठबन्धनले भरतपुरमा विशाल चुनावी सभाको आयोजना गरेको थियो । सो सभामा कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेका थिए ।

पछिल्लो समय चितवन नेपाली राजनीतिको केन्द्रविन्दु बनेको छ । यसअघि चितवन–३ बाट चुनाव लड्ने भनेका दाहाल गोरखा–२ पुगेका छन् । सो क्षेत्रमा माओवादी केन्द्रले जिल्लाकै लोकप्रिय चिकित्सक डा. भोजराज अधिकारीलाई प्रचण्डको उत्तराधिकारीको रुपमा मैदानमा उतारेको छ। उता, चितवन २ पनि राष्ट्रिय राजनीतिमा चर्चाको विषय बनेको छ ।

सो क्षेत्रमा गठबन्धनका तर्फबाट साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेस उमेश श्रेष्ठ चुनावी मैदानमा छन् । एमालेबाट कृष्णभक्त पोखरेल र स्वतन्त्र राष्ट्रिय पार्टीबाट सभापति रवि लामिछाने मैदानमा छन् । यो क्षेत्रमा अहिले त्रिपक्षीय भिडन्त हुने देखिएको छ । तर, गठबन्धनका नेता तथा कार्यकर्ताहरु भने उमेशले चुनाव जित्नेमा ढुक्क छन् । उनीहरुले उमेश विकासवादी नेताका रुपमा चितवनमा चिनिएको र काम पनि गरेकोले चुनाव जित्न कुनै कठिन नभएको उनीहरुको तर्क छ । file photo



प्रतिक्रिया दिनुहोस्