काठमाडौं, २८ कार्तिक । राप्रपाले आज बर्दियामा विशाल चुनावी सभा तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । बर्दिया–२ मा प्रतिनिधिसभाका उम्मेदवार रहेका विनय रावलको पक्षमा माहोल राम्रो देखिएको छ । रावलको छविबाट नै सो क्षेत्रका जनता उनीसँग प्रभावित छन् ।
बर्दियाको विकासको लागि स्पष्ट खाकासहित चुनावी मैदानमा उत्रिएका रावलको पक्षमा युवादेखि पाको पुस्तासम्म खुलेर जिताउन लागिपरेका छन् । बर्दियामा कृषि र पर्यटनको विकासको सम्भावना देखेका रावलले त्यसमै बढि फोकस भएर कार्यक्रमिक योजना पनि बनाएका छन् । उनले आफू नेताभन्दापनि जनताको सेवक बन्न चाहेकोले भोलिका दिनमा पनि आफ्नो समाजसेवाको कार्यलाई निरन्तरता दिने प्रबिद्धता जनाउँदै आएका छन् ।
पछिल्लो एक साता यतामात्रै काठमाडौंबाट राप्रपाको नेतृत्वपँक्तिले बर्दियामा चुनावी माहोल सकारात्मक देखेर ध्यान दिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनदेखि बरिष्ठ नेताहरु प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर जबरासम्म रावलको पक्षमा माहोल बनाउनको लागि बर्दिया आउजाउलाई तिव्रता दिएका छन् ।
आजमात्रै राजापुरमा राप्रपाले बृहत्त आमसभा, पार्टी प्रवेश कार्यक्रम तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा बरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले सम्बोधन गरेका छन् । त्यस्तै, नायिका सुष्माले रावलको पक्षमा मत माग्दै नृत्य प्रस्तुत गरेकी थिईन भने गायिका रेजिना उप्रेतीलेन आफ्नो प्रस्तुति दिएकी छिन् ।