काठमाडौं, २८ कात्तिक। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पनि शेरबहादुर देउवा प्रधानमन्त्री हुने दाबी गरेका छन् । सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रवक्ता महतले सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने बताउदै स्वभाविक रुपमा अबको प्रधानमन्त्री देउवा नै हुने उनको भनाई थियो ।
उनले भने,‘स्वभाविक रूपमा अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हो, अरुको चुनावी प्रचार मात्र हो कसैमा दम छैन् ।’
उनले कांग्रेसको प्रचार अभियान देशभर जारी रहेको बताए ।
मुलुकलाई स्थिरतासहित समृद्धिको दिशामा अघि बढाउन सत्तारुढ गठबन्धनको विकल्प नभएको उनले बताए । Photo : Mukunda Kalikote