काठमाडौं, २९ कार्तिक । नेकपा (एमाले) का सचिव तथा प्रतिनिधिसभाका लागि ताप्लेजुङका उम्मेदवार योगेशकुमार भट्टराईले चुनावी प्रचारप्रसारको क्रममा पुग्न नसकेको ठाउँमा चिठ्ठी पठाएर भोट मागेका छन् । सामाजिक सञ्जालमार्फत उनले सो कुराको जानकारी गराएका छन् । उनले फेशबुकमा चिठ्ठीको ढाँचा नै सार्वजनिक गर्दै सो कुरा जनाएका हुन् ।
उनले लेखेका छन्–‘भेट्न आउँला भन्ने मन हुँदा हुँदै पनि कती ठाउँमा आउन सकेका छैनौं । त्यसैले तपाईंको नाममा चिठ्ठी पठाएका छौ है । अनुकल समयमा भेट हुनेनै छ ।’ उनले चिठ्ठीमार्फत ‘सूर्य चिन्हमा मतदान गर्नुहनुेछ भन्ने विश्वास लिएका छन् ।