काठमाडौं, २९ कार्तिक । मंसिर ४ गते हुने निर्वाचनको लागि विकास र समृद्धि गर्नसक्ने उम्मेदवारलाई विजयी गराउन युवा पुस्ताले अपिल गर्न थालेका छन् । बर्दिया–२ का प्रतिनिधिसभाका लागि राप्रपाका उम्मेदवार विनय रावलकी छोरी सोनाक्षी रावलले पनि यस्तै अपिल गरेकी छिन् । उनले बर्दियाको विकासमा योगदान पुर्याउनसक्नेलाई नै जिताउन अपिल गरेकी हुन् ।
उनले फेशुबकमा बुवा विनयसँगको तस्विर सार्वजनिक गर्दै लेखेकी छिन्–‘मेरो बुडो हजुरबुवा स्वर्गीय टेक बहादुर रावल, हजुरबुवा डा. तिलक रावल र बुवा बिनय रावल ले गर्नुभएको समाज सेवा बाट म धेरै प्रभावित भएकी छु । एक असल नेताले आफ्नो गाउॅं समाज बिकसित गर्न सक्छ भने हामी एउटा बिबेकशिल नागरीक भएर आफ्नो अमूल्य मतदान कोलाई दिए गाउॅं समाज को बिकास हुन्छ भनि सोच लिएर मतदान गरे , भविष्यमा बिबिबीको परीकल्पना पुरा हुनेमा म विश्वास राख्दछु । हामी लाई माया गर्नुहुने सबै बर्दियाली दाजुभाई र दिदी÷बहिनीहरूलाई धेरै–धेरै धन्यबाद । जय देश । जय राष्ट्रबाद ।’