बुटवल २८ कार्तिक । जिल्लामा विकासका लागि विनियोजन गरिएको वजेटलाई घुमाउरो तरिकामा खाएर नितिगत भ्रष्टाचार गर्ने नेताहरुलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनताले तिरेको राजस्व स्वरुप वजेटलाई सुरक्षित राख्न र पारदर्शी विकास योजना सफल बनाउन सत्तागठबन्धन एकबद्ध हुन आवश्यक रहेको नेपाली काँग्रेस प्रदेशसभा समानुपातिक तर्फका उम्मेदवार लोकेन्द्र बिश्वकर्माले वताए ।
आईतवार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशले आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रदेशसभा समानुपातिक तर्फका उम्मेदवार समेत रहेका नेता बिश्वकर्माले अर्घाखाँचीमा भएका बिकृती बिसंगतीको अन्त्यका लागी आफुले उम्मेद्धारी दिएको स्पष्ट पारे ।
उनले भने, जिल्लामा विकासका नाममा विनियोजन हुने लाखौं रकम घोटाला गर्ने नेकपा एमालेका नेता टोप बहादुर रायमाझीलाई इंगित गर्दै भ्रष्टाचारी नेताहरुलाई ठेगान लगाउने समय आएकाले एकबद्ध हुन आवश्यक रहेको औल्याउँदै मुलुकमा सुशासन कायम गराउन पाँच दलिय गठबन्धन बनेको दाबी गरे ।
नेपाली काँग्रेस जिल्ला कार्यसमितिका पूर्वसचिब समेत रहेका बिश्वकर्माले मंसिर ४ मा अर्घाखाँचीबाट पुष्पा भुसाल, सागर केसी र कमल भुसाल लगायत नेताहरुलाई जिताउन जिल्लाबासीलाई आग्रह गरे ।
उनले निर्वाचनका क्रममा लागू भएका आचारसंहितालाई नेपाली आफ्नो पार्टीले अक्षरस पालना गरेको समेत बताउँदै काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले सबै समुदायको भावनालाई समेटेर अगाडि बढ्दै आएको जिकिर गरे । कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।