काठमाडौं, २९ कात्तिक । यतिबेला देश निर्वाचनमय बनेको छ । नेता कार्यकर्ताहरु आफ्नो पक्षमा भोट माग्न मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
निर्वाचनमा सरकारी कर्मचारी, शिक्षक, सेना प्रहरीले उम्मेदवारको पक्षमा भोट माग्न, प्रचारप्रसार गर्न नपाइने ब्यवस्था छ । तर, राजधानी काठमाडौंको नयाँ बानेश्वरस्थित नेपाल कमर्स क्याम्पसका क्याम्पस प्रमुख धुर्ब सिलवाल भने खुलेआम रुपमा एमालेको प्रचारप्रसार तथा घरदैलो अभियानमा सक्रिय भएका छन् ।
उनी एमालेको पक्षमा भोट माग्ने देखि प्रायः एमालेको प्रचारप्रसार मै देखिने गरेका छन् । सोही क्याम्पसमा अध्ययन गरिरहेका एक बिद्यार्थीले क्याम्पस प्रमुख प्रायः क्याम्पसमा बस्ने नगरेको बताउछन् । क्याम्पस प्रमुख नै पार्टीको काममा ब्यस्त रहदा पठनपाठनमा प्रत्यक्ष असर परिरहेको कलेजका शिक्षक, बिद्यार्थीको गुनासो छ।