Logo

पिपलको हाँगा काट्नुपर्नेलगायतका माग राख्दै ललितपुर–१ का स्वतन्त्र उम्मेदवारले थाले अनशन



ललितपुर, २९ कात्तिक । चुनाव आउन पाँचदिन बाँकी रहेको बेला ललितपुर–१ एकका एक उम्मेदवार सात बुँदे माग राख्दै अनशन थालेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका डा.सचिन घिमिरेले गोदावरीका टाखेलमा मंगलबारदेखि अनशन सुरु गरेका हुन् ।

चुनाबी मैदानको बीचबाट सत्याग्रह घोषणा गरेका घिमिरेले आफ्ना सात सुत्रीय माग पुरा नभएसम्म आमरण अनसन जारी रहने बताएका छन् । घिमिरेको ललितपुर–१ का निवर्तमान सांसदले आफ्नो कार्यकालमा उनको पहलमा आएको बजेटको आयव्यय विवरण सार्वजनिक गर्नुपर्ने उनको मुख्य माग छ ।

उनले गोदावरी नगरपालिकामा एक महिनाभित्र बाँदर व्यवस्थापन हुनुपर्ने, ललितपुरको चौघरेका दुई विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन निःशुल्क गर्नुपर्ने, गोदावरी नगरपालिकाका किशोरीहरुलाई अहिले आइरन चक्की बाँड्ने काम भइरहेको र त्यसको जनस्वास्थ्य औचित्य प्रमाणित गर्नुपर्ने, कोञ्ज्योसोम र माल्टाका दुई रोगीको उपचारको माग अघि सारेका छन् । उनले गोदावरीको टाखेल चौतारो नजिकै पिपलको रुखको हाँगा काट्नुपर्ने माग राखेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्