Logo

आज सामान्य अंकले नेप्से घट्दा १ अर्ब बढीको कारोबार



काठमाडौं, २९ कात्तिक । शेयर बजार कारोबारको तेस्रो दिन आज मंगलबार सामान्य अंक (०.३५ प्रतिशत) ले घटेको छ । नेप्से परिसुचक ६ दशमलव ५९ अंकले घटेर १८९६ दशमलव ३८ विन्दुमा रोकिएको हो ।

नेप्से परिसुचक घटेपनि कारोबार रकम भने वृद्धि भएको छ । आज २७ लाख ४५ हजार १०९ कित्ता शेयर खरिद विक्रि हँुदाँ १ अर्ब २ करोड ३६ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८ करोड २२ लाख ३५ हजार रुपैयाँको कारोबार भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्