काठमाडौं, ३० कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले चुनाव बहिष्कार गरेको छ ।
चुनाव नजिकिएसँगै सो पार्टीले चुनाव विथोल्ने गतिविधिलाई बढावा दिएको छ।
यसपटकको निर्वाचनमा विप्लवले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई टार्गेट बनाएका छन् ।
आज भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो ।
सो क्रममा विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताले वम विस्फोट गराएर चूनौति दिएका छन् ।
०७४ को निर्वाचनमा पनि विप्लवले प्रचण्डलाई नै टार्गेट दिएका थिए । यसपटक पनि उनले प्रचण्डलाई नै टार्गेट दिएका छन् ।