Logo

काठमाडौं–९ का स्वतन्त्र उम्मेदवार पाठकमाथि चुनाव प्रचारको क्रममा हमला, कुटपिटमा संलग्नलाई कारबाहीको माग



काठमाडौं, ३० कार्तिक । काठमाडौं–९ प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार राजेन्द्र प्रसाद पाठकले आफूमाथि चुनावी प्रचारको क्रममा सांघातिक हमला भएको भन्दै सो घट्नामा संलग्न दोषीमाथि कारबाही गर्न माग गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । ‘खर्पन बोकेको मान्छे’ चिन्ह लिएर चुनावी मैदानमा रहेका पाठकले आफ्ना एजेण्डा देखेर डराएकाहरुले नै आफूमाथि हमला गरेको दाबी गरे ।

उक्त घट्नाबारे उनले प्रहरी प्रशासनलाई मौखिक रुपमा जानकारी गराएका छन् । तर, चुनावी प्रचारको लागि समय नभएकोले भोलिमात्रै उनले लिखित उजुरी पेश गर्ने जनाए । उनले आफूमाथि हिजो (मंगलबार) राति चन्द्रागिरी नगरपालिकामा कार्यक्रम सकाएर किर्तीपुर हुँदै घर फर्कने क्रममा बाघभैरव रोडको छेउमा आक्रमण भएको जनाए ।

उनले भने,‘त्यहाँ मलाई एक्कासी लाठी प्रहार भयो । युवाहरुको समूहले ममाथि आक्रमण गरेको हो । म त मोटरसाईकल कुदाएर भागेर नयाँबजार पुगें । साथीहरु बोलाएर औषद्योपचार गरेको छु । कसले आक्रामण गर्यो, भन्ने थाहा छैन् । चोट घाउ, हातमा छ । देव्रे हातमा चोट लागेको छ ।’ उनले आफ्नो लोकप्रियता देखेर नै सत्ता गठबन्धन वा एमाले नेतृत्वको गठबन्धनमध्येबाट नै आक्रमण भएको हुनसक्ने अनुमानमात्रै गरे ।

उनले आफ्नो चुनावी एजेण्डामा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने कुरा उल्लेख गरेका छन् । उनले भने,‘खानेपानी पनि निःशुल्क हुनुपर्छ । सबै राजनीतिक नियुक्ती खारेजी हुनुपर्छ । म जनताको एजेण्डा संसदमा बोल्छु ।’ उनले मुलुकमा विद्यमान धर्मनिरपेक्षता र संघीयता खारेज गर्नुपर्ने पनि मुख्य मुद्दा बनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्