काठमाडौं, १ मंसिर । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ७८ र विक्रिदर १३० रुपैयाँ ३८ पैसा रहेको छ ।
त्यस्तै, एक युरोपियन युरोको खरिददर १३५ रुपैयाँ २८ पैसा र विक्रिदर १३५ रुपैयाँ ९१ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ३ पैसा र विक्रिदर ८८ रुपैयाँ ४४ पैसा रहेको बैंकले जनाएको छ ।