Logo

स्वास्थ्यसम्बन्धी बेजोड एजेण्डा बोकेका डा. झा आफ्नो जितबारे ढुक्क, झालाई जिताउन मतदाता आँतुर



काठमाडौं, १ मंसिर । धनुषा क्षेत्र नम्बर-३ को प्रदेशसभातर्फ “क” का उम्मेदवार युवा चिकित्क डा. प्रसन्नकुमार झा आफ्नो जितबारे ढुक्क छन् । चुनावी घरदैलोमा आफूलाई प्राप्त भएको आर्शिवादले पनि आफू जितको नजिक रहेको उनको भनाई छ ।

आफ्नो क्षेत्र शिक्षा र स्वास्थ्यको हिसाबले धेरै पछि परेको र सो क्षेत्रका जनताको जीवनस्तर विगत लामो समयदेखि जस्ताको त्यस्तै रहेको कारण आफू चुनावी मैदानमा आएको बताउने झा यो बीचमा घरदैलोमा पुगेर आफ्नो एजेण्डा सुनाउँदा जनताले मन पराएको बताउँछन् ।

उनले शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन ल्याउने बताएका छन् । यसका साथै, उनले हरेक घर एक रोजगारीको सपना देखेका छन् । सोहीअनुसार उनले योजना पनि बनाएका छन् । उनले आफ्नो उम्मेदवारी किसानको समस्या समाधानको लागि पनि भएको बताएका छन् ।

यस्तै, जनताको शासन स्वराज, भ्रष्टाचारमुक्त गर्न पनि आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ । उनले चुनावी नारामा भने नयाँ सोच नयाँ मधेश, युवा नेतृत्व समृद्ध प्रदेश राखेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्