काठमाडौं, २ मंसिर । महोत्तरीका नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच हानाहान भएको छ । रामगोपालपुर नगरपालिकाबाट गएका एमालेका कार्यकर्ताले माओवादीका कार्यकर्तामाथि आक्रमण गरेको स्थानीयले बताएका छन् ।
एमाले कार्यकर्ताको कुटाइबाट पाँचजना घाइते भएका स्रोतले जनाएको छ । एमालेका कार्यकर्ताले मदिरा सेवन गरेको कुटपिट गरेको पीडित पक्षको आरोप छ । घाइतेहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
घाइते हुनेहरुमा अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल र रामवीय मण्डल रहेका छन् ।