काठमाडौं, २ मंसिर । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा युएईले नेपाललाई जितका लागि १ सय ७७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनायो ।
युएईका लागि आयन अफजल खानले अविजित रहदै ५४ रन बनाए । यस्तै, हजरत बिलालले अविजित २० रन बनाए । आयन र हजरतले अन्तिम विकेटका लागि ८३ रनको साझेदारी गरे। त्यस्तै, अलिशन शराफुले सर्वाधिक ३३ रन बनाए ।
रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए । नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले १र१ विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए । Photo Source : CAN