Logo

पुलमा भेटिएको प्रेसर कुकरभित्र माटो मात्रै



दार्चुला, मंसिर ३ । दार्चुला र बैतडीको सीमा क्षेत्रमा पर्ने चौलानी नदी माथिको गोकुलेश्वर पुलमा राखिएको प्रेसर कुकरमा माटोमात्रै भेटिएको छ। इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार आज विहान फेला परेको सो प्रेसर कुकरमा माटो भरेर राखेको भेटिएको हो ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख विरेन्द्र थापाले अहिले त्यो कुकर हटाएर सवारी सञ्चालनमा ल्याइएको बताए । आज विहान ३ बजे पुलमा शंकास्पद बस्तु भेटिएपछि सवारी आवागमन बन्द रहेको थियो । नेपाली सेनाको टोलीले उक्त प्रेसर कुकर पुलबाट हटाएको छ ।



प्रतिक्रिया दिनुहोस्