Logo

एकनाथ ढकालद्वारा मतदान



गोरखा, ४ मंसिर । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले मतदान गरेका छन् । उनले आफ्नो गृहजिल्ला गोरखाको भीमसेनथापा गाउँपालिका वडा नम्बर ८ स्थित श्री जागेश्वर माविको मतदान केन्द्रमा आज विहान साँढ ९ बजे मतदान गरेका हुन् ।

अध्यक्ष ढाकाल नेकपा (एमाले) संगको तालमेलमा सुर्य चिन्ह लिएर प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार समेत रहेका छन्। श्रीमती ब्लेसिको साथै दुइ छोरीहरु एस्थर र सिमहालार्य संगै लिएर मतदानस्थल पुगेका ढकालले मतदानपश्चात प्रतिक्रिया दिँदै आवधिक निर्वाचनले लोकतन्त्र बलियो बनाउने र आम नागरिकमा राज्यप्रतिको अपनत्व विकास हुने बताएका थिए ।

उनले सम्पूर्ण योग्य नागरिकहरुले मतदान प्रक्रियामा सहभागी हुनुपर्ने धारणा राखेका थिए । यसअघि ढकालले संबिधानसभाका सभासदको साथै सहकारी तथा गरिबी निवारण र शान्ति तथा पुनर्निमाण मन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्