काठमाडौं, ४ मंसिर । कास्कीको एक मतदान केन्द्रमा धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाएका छन् ।
माछापुच्छे गाउँपालिका–८ तारेबराह आधारभुत विद्यालय लुम्रे मतदान केन्द्रमा उनीहरुले मतपेटिका फुटाएको स्रोतले जनाएको छ ।
स्थानीयको अनुसार सोही स्थानका सुर्य परियारले आफूले मतदान गरेपछि मतपेटिका उचालेर भुईमा बजारेका हुन् ।
मतपेटिका फुटाएपछि केहीसमय मतदान समेत रोकिएर ११ बजे पुन: मतदान सुरु भएको थियो ।