काठमाडौं, ४ मंसिर । दोलखामा दुईपक्षबीच विवाद भएपछि गोली चलेको छ ।
जिल्लाको तामाकोशी गाउँपालिका कालापानी माविमा मतदानको क्रममा नेकपा एमाले र सत्तागठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले गोली चलाएको हो ।
प्रहरीले १५ राउण्ड गोली चलाउदा एक प्रहरी घाइते भएका छन् । दलका कार्यकर्ताहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेको स्रोतले जनाएको छ ।