काठमाडौं, ५ मंसिर । सप्तरी-१ मा जनमत पार्टीका उम्मेदवार जयकान्त राउतले अग्रता लिएका छन् । उनले २३८ मत प्राप्त गरेका छन् ।उनी जनमत पार्टीका अध्यक्ष डा. सिके राउतका आफ्नै दाइ हुन् । सो क्षेत्रमा गठबन्धनका उम्मेदवार रामदेव साहले राउतलाई पछ्याएका छन् । साहले २१४ मत ल्याएका छन् ।
नागरिक उन्मुक्ति पार्टीका टीकालक्ष्मी चौधरीले भने २०१ मत प्राप्त गरेकी छिन् । जसपाका नवलकिशोर साहले १७८ मत प्राप्त गरेका छन् । यसपटकको निर्वाचनमा जसपाले एमालेसँग तालमेल गरेको छ । सप्तरी २ मा सिके राउतको फराकिलो अग्रता कायमै छ ।