Logo

सप्तरी-२ मा उपेन्द्र यादव सिके राउतसँग ४४३३ मतले पछि परे



काठमाडौं, ५ मंसिर । सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले आफ्ना निकटतम प्रतिद्धन्द्धी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई ४४३३ मतले पछि पारेका छन् ।

राउतले ७३५३ मत पाएका छन् । उता, यादवले २९२० मत ल्याएका छन् । लोसपाका जयप्रकाश ठाकुरले भने १३५८ मत पाएका छन् । यो क्षेत्रमा यादव एमालेको समर्थनमा चुनावी मैदानमा छन् ।

उता, लोसपाका ठाकुरलाई सत्ता गठबन्धनको साथ छ । पछिल्ला ईलेक्शन पोलले पनि यो क्षेत्रमा राउतको जित सुनिश्चित् रहेको प्रक्षेपण गरेका छन् । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्