Logo

उपेन्द्र यादवको नाम लिएर सरिता गिरीको टिप्पणी-पीडा भनेको के हुन्छ ? सायद थाहा पाई राख्नुभएको छ होला ?



काठमाडौं, ५ मंसिर । चर्चित नेतृ सरिता गिरीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पीडा के हुन्छ ? भन्ने कुरा थाहा पाउनु भैराखेको होला ? भन्दै प्रश्न गरेकी छिन् । उनले यादवले आफूलाई पार्टीबाट झुटो आरोप लगाएर निकालेको घट्नाको पनि स्मरण गराएकी छिन् । उनले यादवले आफूलाई सडकमा पुर्याएको उल्लेख गर्दै सडकमा पुगेपनि आफू जनताकै बीचमा रहने बताएकी छिन् ।

उनले फेशबुकमा लेखेकी छिन्-

उपेन्द्रजी;

पीडा भनेको के हुन्छ शायद थाहा पाई राख्नु भएको छ होला। तपांई ले पार्टी बाट मलाई झुठो आरोप लगाई निकाले पछि कसैलाई भन्नु भएको थियो अब सरिता गिरी को राजनिित सकिन्छ । मइले पीडा मनमा दबाई राखेको थिएँ र यति वर्ष को राजनीति पछि स्वतन्त्र उम्मेदवार भई हाथमा पर्चा पैम्पलेट लिएर घाममा हिंडदा दबिएर बसेको पीडा खुट्टा बाट धरती मा प्रवाह हुन्थियो र बोली बाट वायुमा जान्थियो । तपांई ले मलाई सडकमा पुर्याई दिनु भएको थियो । म सडकमा छु तर जनता बीच रहने छु । तपांईका लागि सप्तरी २ मा पछिल्लो चुनावमा प्रचारमा दिन रात काम गरेको पनि सम्झी रहेको छु । मैले केही न मांग्दा तपांईले मलाई सभासद बनाउनु भएको थियो तर आफ्नो संसदीय दलको उपनेता मलाई सडकमा पुर्याउन पनि बेर लगाउनु भएको थिएन ।



प्रतिक्रिया दिनुहोस्