Logo

धनुषा-४ मा भोलिबाट मात्रै मतगणना सुरु हुने



काठमाडौं, ५ मंसिर । धनुषा क्षेत्र नम्बर ४ मा भोलिबाट नै मतगणना सुरु हुने भएको छ । मतगणनामा स्थानीय तहमा निर्वाचित प्रतिनिधि गणनामा प्रतिनिधिको रुपमा बस्न हुने वा नहुने भन्ने कुराको निक्र्यौल नलागेकोले मतगणना सुरु हुन नसकेको हो ।

उक्त क्षेत्रको निर्वाचन अधिकृत कार्यालयले सो सम्बन्धमा टुँगो लगाउनको लागि निर्वाचन आयोगमा पत्राचार गरेको छ। त्यस सम्बन्धमा आयोगबाट आज जवाफ नपुगेकोले भोलि जवाफ प्राप्त भएपछि मतगणना सुरु गरिने बुझिएको छ ।

यो क्षेत्रमा एमालेका रघुवी महासेठ र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका महेन्द्र यादवबीच नै मुख्य प्रतिष्पर्धा हुने बताईएको छ । ०७४ मा यो क्षेत्रबाट महासेठ विजयी भएका थिए । उनले अहिलेका उम्मेदवार यादवलाई पराजित गरेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्