Logo

धादिङ–२ : कांग्रेसका अधिकारी अगाडि



धादिङ, मंसिर ६ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ । प्रतिनिधिसभा सदस्यमा अहिले छ हजार चार सय मत गणना सकिएको छ ।

मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले चार सय पाँच मतले अग्रता लिएका छन् । अहिलेसम्मको प्रारम्भिक मत परिणामअनुसार उनले दुई हजार नौ सय ६१ मत पाएका छन् ।

उनका प्रत्यासी नेकपा (एमाले) का खेमप्रसाद लोहनीले दुई हजार पाँच सय ५६ मत पाएका छन् । धादिङ क्षेत्र नं २ को प्रदेशसभा (१) सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका गोविन्द लम्साल र एमालेबाट डा रामकुमार अधिकारीबीच प्रतिस्पर्धा छ । त्यस्तै प्रदेशसभा (२) मा सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का जगतबहादुर सिङ्खडा र राप्रपाका डम्बर तामाङबीच प्रतिस्पर्धा छ ।

धादिङ २ मा एमाले र राप्रपाबीच तालमेल छ । तालमेलपछि प्रतिनिधिसभा र प्रदेशसभा (१) मा राप्रपाले एमालेलाई सघाएको छ भने प्रदेश २ मा एमालेले राप्रपालाई सहयोग गरेको छ ।

क्षेत्र नम्बर २ को प्रदेशसभा (१) मा गठबन्धनका लम्सालले एक हजार पाँच सय ५७ मत पाएका छन् भने एमाले–राप्रपाका साझा उम्मेदवार अधिकारीले एक हजार चार सय ९२ मत पाएका छन्।

त्यस्तै प्रदेशसभा ९२० मा एमाले–राप्रपाका साझा उम्मेदवार तामाङले एक हजार छ सय १० मत पाएका छन भने गठबन्धनका सिङ्खडाले एक हजार पाँच सय ६७ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्