Logo

विष्टसँग पराजित भएपछि झाक्री लेख्छिन्, ‘जय र पराजय सामान्य प्रक्रिया हुन्’



काठमाडौं, ७ मंसिर । गुल्मी–२ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट निर्वाचित भएका छन् । २ हजार मतान्तरले पराजित भएकी नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाक्रीले विष्टलाई सफल कार्यकालको शुभकामना दिएकी छिन् ।

सामाजिक सञ्जालमार्फत उनले निर्वाचनमा होमिएर ज्ञानको हिसावले प्रशिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी ज्ञान आर्जन गरेको उल्लेख गरेकी छिन् । समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएको समेत बताएकी छिन् । आफू पराजित भएपनि गुल्मी जिल्लाको समग्र विकाश र समृद्धीको यात्रामा आफ्नो सधै साथ रहने समेत प्रतिवद्धता व्यक्त गरेकी छिन् । झाक्रीले जय र पराजय सामान्य प्रक्रिया रहेको भन्दै पराजयलाई अत्यन्तै सहज रूपमा  लिएको स्पष्ट पारेकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्,‘यो निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो। ज्ञानको हिसावले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी।समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ।यो साडे दुई दशकमा समाजलाई जसरी म्भउयष्तिष्अष्शबतष्यल (एक प्रकारको गलत प्रयोग) गरीएको रहेछ नि त्यो चाहि लोकतन्त्रको लागि गम्भिर छ। डर लाग्दो छ। जय र पराजय सामान्य प्रक्रिया हुन। मैले अत्यन्तै सहज रूपमा लिएको छु।’

पूर्वमन्त्री झाक्रीले अगाडी लेखेकी छिन्,‘मेरो पक्षमा हजारौ मतदाताले आफ्नो अभिमत दिनु भएको छ, यसप्रति म सधै ऋणी हुनेछु। यो निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका सदस्यहरू। गठबन्धन दलका नेतृत्वगण र नेता कार्यकर्ता साथिहरू, निर्वाचन सम्पन्न गर्न सहभागी सबै सुरक्षाकर्मी, कर्मचारी मित्रहरू,संवयम सेबक र पत्रकार साथिहरू मेरा समर्थक, शुभेच्छुक सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु।’

साथै यो निर्वाचनमा विजयी मेरो आदारयिण दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना। गुल्मी जिल्लाको समग्र विकाश र समृद्धीको यात्रामा म सधै साथमा रहनेछु।



प्रतिक्रिया दिनुहोस्