Logo

कैलाली ५ मा कांग्रेसका पन्तको अग्रता



काठमाडौँ,७ मँसिर । कैलालीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ मा कांग्रेसका उम्मेदवार डिल्लीराज पन्तले अग्रता लिनुभएको छ ।

अहिलेसम्म ११ हजार दुई सय ४२ मतगणना हुँदा लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट कांग्रेसका उम्मेदवार पन्तले तीन हजार आठ सय ९१ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी नारदमुनि रानाले तीन हजार सात सय ७६ प्राप्त गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा तेस्रो नम्बरमा हुनुहुन्छ । उहाँले एक हजार छ सय ८१ मत ल्याउनुभएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्