Logo

सप्तरी ४ प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार यादव विजयी



काठमाडौँ,९ मँसिर । सप्तरी क्षेत्र नं ४ प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार अनिरुद्धकुमार सिंह यादव विजयी हुनुभएको छ ।

सहायक निर्वाचन अधिकृत वसन्तकुमार दासका अनुसार स्वतन्त्र उम्मेदवार यादवले नौ हजार ९८५ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार अभिषेक यादवले सात हजार ९२० मत प्राप्त गर्नुभयो । यस्तै जनमत पार्टीका केशरराज गुप्ताले भने पाँच हजार सात सय ७३ मत प्राप्त गर्नुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्