काठमाडौं, ११ मंसिर । गृहमन्त्री बालकृष्ण खाँणले राजीनामा दिने भएका छन् ।
हालै भएको निर्वाचनमा पराजय व्यहोरेपछि उनी राजीनामा दिने मुडमा पुगेका हुन् ।
मतपरिणाम आएसँगै उनले हिजै राजीनामा दिने तयारी गरेका थिए ।
तर, प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई राजीनामा दिनबाट रोकेका थिए ।
उनी राप्रपाका दीपक बोहोरासँग पराजित भएका हुन् ।
प्रधानमन्त्री देउवाले भने शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेको भन्दै बधाईसमेत दिएका थिए ।
खाँणनिकट स्रोतले जनाएअनुसार उनले आजै राजीनामा दिने सम्भावना छ ।