काठमाडौं, १२ मंसिर । काठमाडौं बासीले अब चाडैनै फेरी मेलम्चीको पानी खान पाउने भएका छन् ।
बाढीको जोखिमले सुरुङको ढोका बन्द गरेको मेलम्ची परियोजनाले आजदेखि सुरुङमा पानी भर्न थालनी गरेको हो ।
अस्थायी रुपमा मेलम्ची नदीको पानी पुनः काठमाडौं पठाउनका लागि सिन्धुपाल्चोकको हेर्डवक्र्सबाट सुरुङमा पानी भर्न सुरु गरेको परियोजनाले जनाएको छ ।
मेलम्चीको पानी काठमाडौंको थोक वितरण प्रणालीमा पठाइने आयोजनाले जानकारी दिएको छ ।