Logo

धनुषा–४ मा महेन्द्रसँग मतान्तर घटाउँदै रघुवीर महासेठ



काठमाडौं, १२ मंसिर । धनुषा–४ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठले कांग्रेसका महेन्द्र यादवसँग मतान्तर घटाउँदै लगेका छन् ।

पछिल्लो मतगणनाको परिणामअनुसार यादव र महासेठबीच ७४७ को मतान्तर छ ।

यादवले २८६५७ मत ल्याउँदा उनलाई पछ्याएका महासेठले २७९१० मत प्राप्त गरेका छन् ।

अब मिथिला नगरपालिकाको वडा नम्बर ७ देखि ११ सम्म गणना गर्न बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्