काठमाडौं, मंसिर १६ । साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९८ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रूपैयाँले बढेर ९९ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य भने शुक्रबार १५ रूपैयाँले बढेर १ हजार ३४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।