Logo

स्याङ्जा-२ : दुई हजार ७१ मतले पछि परिन् अर्याल



काठमाडौं, मंसिर १७ । स्याङ्जा निर्वाचन क्षेत्र नं २ मतगणना भइरहेको छ । पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् । उनले नेकपा (एमाले) की पद्मा कुमारी अर्याललाई दुई हजार ७१ मतले पछि पारेका छन् ।

कांग्रेसका गुरुङले २२ हजार १२० मत पाएका छन् भने एमालेकी अर्यालको २० हजार ४९ मत रहेको छ । यस्तै स्याङ्जा २ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले सात हजार ३२ मत प्राप्त गरेका छन् ।

यसैबिच स्याङ्जा २ को (क) तर्फ भने नेपाली काँग्रेसका महेश भट्टराई अग्रता लिएका छन् । सुरुबाट नै अग्रता लिईरहेका एमालेका बुद्धिमान श्रेष्ठलाई २३ मतले पछि पार्दै अग्रता बनाएका छन्। भट्टराईले नौ हजार ८६९ मत पाएका छन भने श्रेष्ठको नौ हजार ८४६ मत छ ।

अव गणना गर्न गल्याङ ११ र चापाकोटका १० वटा वडा रहेको छ । स्याङ्जा २ मा एक लाख १६ हजार सात सय ७८ मतदाता मध्ये ७० हजार एक सय ९१ मत खसेको थियो । अहिले सम्म प्रतिनिधि सभा तर्फ ३९ हजार ६१२ मत गणना भइसकेको छ ।

प्रदेश (क) को भने गणना सम्पन्न भइसकेको छ । जसमा काँग्रेसका भोजराज अर्याल विजयी भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्