Logo

सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन



काठमाडौं, १८ मंसिर । सुकुम्बासीको समस्या अध्ययन गर्न भवन निर्माण विभागका उपमहानिर्देशक प्रतिर्ण तुलाधरको संयोजकत्वमा समिति गठन भएको छ ।

सहरी विकास मन्त्री मेटमणि चौधरीले सुकुम्बासी बस्तीका असली सुकुम्बासीको पहिचान, जिविकोपाजर्ननलगायतका समस्या समाधानका लागि अध्ययन गर्नसमिति गठन गरेका हुन् । समितिलाई नदी किनारका अव्यवस्थित बसोबासीबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको हो ।

नवगठित समितिमा काठमाडौं उपत्यका विकास प्राधिरकणका सीडीई जगदीश लामिछाने, काठमाडौं महानगरका प्रतिनिधि, बागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर कमल अर्याल र मन्त्रालयका उपसचिव जीवनराज सेढाई सदस्य रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्