काठमाडौं, २१ मंसिर । तारा एयरको जहाजमा चरा ठोक्किएको छ ।
नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गोमा चरा ठोक्किएसँगै सिमकोट विमानस्थलमा तुरुन्तै अवतरण गराइएको हो ।
आकाशमा उडिरहेको कार्गोमा अदानचुली गाउँपालिकाको मुने लेकनजिकै चिलसँग ठोकिएको हो ।
उडिरहेको जहाजमा चिल ठोक्किएपछि विमानको अगाडीको भागमा क्षति भएको छ ।
विमानमा पाइलटसहित तीनजना सवार थिए ।