काठमाडौं, मंसिर २२ । देशको सबै भन्दा ठूलो व्यापारिक हब काठमाडौं उपत्यकासँग जोडिएको चोभारस्थित सुक्खा बन्दरगाह सञ्चालनमा आएको ८ महिना पुगेको छ ।
काठमाडौं निजगढ फास्ट ट्रयाकसँग जोडेर यो आयोजनालाई सरकारले उच्च प्राथमिकता दिएर बनाएको हो । डेढ अर्ब रुपैैयाँ खर्च गरेर तयार भएको बन्दरगाहको आर्थिक लाभ भने शून्य जस्तै भएको छ । अहिलेसम्म व्यवसायिक दृष्टिबाट हेर्दा सुक्खा बन्दरगाह सुक्खा जस्तै बनेको अवस्था छ ।
बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने समानलाई एकीकृत सेवा दिने राजधानी काठमाडौंमै बनाइएको सुक्खा बन्दरगाह अहिलेसम्म पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन् । आजको कारोबार दैनिकबाट