Logo

अन्तर्घात गर्ने माओवादीका दुई पोलिटब्युरो सदस्यलाई कारबाहीको सिफारिस



काठमाडौं, २२ मंसिर । नेकपा (माओवादी केन्द्र)ले गत चुनावमा अन्तर्घात गरेको आरोपमा दुई पोलिटब्युरो सदस्यहरुलाई कारबाहीको सिफारिस गरेको छ ।

पार्टीले गत मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै पोलिटब्युरो सदस्यहरु अचुतम काफ्ले र रामेश्वर यादवलाई कारबाहीको सिफारिस गरेको हो ।

दुई सदस्यमाथि आफ्ना पार्टीका उम्मेदवारलाई हराउन लागेको र नेकपा एमालेका उम्मेदवार हरिप्रसाद उप्रेतीलार्ई जिताउन भूमिका खेलेको आरोप लागेको छ । काफ्ले माओवादी सर्लाही जिल्ला इन्चार्ज हुन् भने यादव पूर्व संघीय सांसद हुन् ।

सर्लाही ३ का पार्टीका आधिकारिक उम्मेदवार नरेन्द्र कलवार साह थिए । यादवले साहलाई अन्तर्घात गरेको भन्दै सर्लाहीका चार स्थानीय तहका कमिटीले सिफारिस गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्