काठमाडौं, २२ मंसिर । काठमाडौं उपत्यकामा मेलम्चीको पानी शुक्रबारदेखि वितरण हुने भएको छ । काठमाडौं,भक्तपुर र किर्तिपुरका मुख्य शहरमा मेलम्चीको पानी वितरण गरिने भएको हो ।
बाढीले पानीको मुहानमा क्षति पुर्याउने भन्दै गत जेठमहिनामा सुरुङ बन्द गरिएको थियो । सुरुङको मुखमा केही दिन अघि खोलाको पानी पठाइएको थियो ।
शुक्रबार बिहान पानी घरघरको धारामा पुर्याउने आयोजनाले लक्ष्य लिएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउने आयोजनाको तयारी छ ।