Logo

अन्तिममा एमालेसँग पनि एकता हुनसक्ने मुख्यमन्त्री राईको भनाई



काठमाडौं, २२ मंसिर । प्रदेश १ का मुख्यमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सचिव राजेन्द्रकुमार राईले पाँच वर्षभित्र वामपन्थी एकताको सम्भावना रहेको बताएका छन् ।

उनले बाहिर हल्ला भएलजस्तै तत्काल माओवादी केन्द्रसँग पार्टी एकता नहुने स्पष्ट पारे । यद्धपी उनले आगामी ५ वर्षको अवधिमा एमालेसहितको वामपन्थी एकताको सम्भावना रहेको विश्वास दिलाएका छन् ।

उनले तत्कालका लागि एमाले बाहेकको एकता हुने र अन्तिममा एमालेसँग पनि एकता हुनसक्ने दाबी गरे । मुख्यमन्त्री राईले सत्ता गठबन्धनले अहिले पाएको मतपरिणाम अपेक्षित नभएको पनि बताए । file photo



प्रतिक्रिया दिनुहोस्