Logo

बन्दसुचिमा साहको नाम हटाएर अध्यक्ष अन्सारीले श्रीमती विमलालाई सांसद बनाउन खोजेपछि विरोध



काठमाडौं, २४ मंसिर । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले चलखेल गरेर आफ्नी श्रीमतीलाई सांसद बनाउन खोजेपछि विवाद सुरु भएको छ । मधेश प्रदेशको सर्लाही क्षेत्र नम्बर २ मा समानुपातिकको बन्दसुचिमा सो दलबाट कमलेश्वर प्रसाद साहको नाम सिफारिश भएको थियो ।

तर, पार्टी अध्यक्ष अन्सारीले आफ्नो श्रीमती विमला अन्सारीको नाम पठाएपछि अहिले सो दलमा विवाद सुरु भएको हो । बन्दसुचिमा आफ्नो रहेका सो दलका नेता कमलेश्वर प्रसाद साहले आफूलाई अन्याय भएको भन्दै निर्वाचन आयोगमा निवेदन पनि दिएका छन् । साहले अहिले केहीबेरमा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्