Logo

राप्रपामा समानुपातिकमा दुई पुरुष सांसद टुँगो लाग्दै, जबरा र बुद्धिमानलाई पठाउने तयारी



काठमाडौं, २४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक सांसदहरुको पुरुष कोटामा कसलाई पठाउने भन्नेबारे छलफल सुरु गरेको छ । अहिले समानुपातिक सांसदको नाम टुँगो लगाउन अहिले पार्टीको कार्यसम्पादन समिति बैठक जारी छ ।

सो दलमा दुई पुरुष सांसदको कोटामा कसलाई पठाउने भन्नेबारे विवाद सुरु भएको छ । खस आर्यको क्लस्टरमा एक नम्बरमा रहेका पशुपतिशम्शेर जबराको नाम टुँगो लागेको छ । दोस्रो पुरुषमा बुद्धिमान तामाङको नाम टुँगो लागेको बताईएको छ ।

तर, अर्का वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले पनि दाबी गरेका छन् । अहिले अध्यक्ष राजेन्द्र लिङ्देन सकसमा छन् । दलहरुले आजै समानुपातिक सांसदहरुको नाम टुँगो लगाईसक्नुपर्ने छ । त्यसको लागि सबै दल छलफलमा जुटेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्