काठमाडौं, मंसिर २५ । हेल्पेर केरिङको सर्कलको आयोजना बुटवल ११ मजुवा नि:शुल्क स्वास्थ्य शिविर परीक्षण सम्पन्न भएको छ । विश्वास घिमिरेको अध्यक्षतामा सम्पन्न स्वास्थ्य शिविरमा मधुमेह, मानसिक, नाक कान घाटी रोग, दन्त लगायतका रोगको निःशुल्क उपचार र औषधी वितरण गरिएको छ ।
कार्यक्रममा अध्यक्ष विश्वास घिमिरेले आफ्नो क्लबले आयोजना गर्ने सम्पूर्ण कार्यमा सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने र सधै क्लबले सुरुको समयदेखि नै राम्रा कार्य गर्दै क्लबको उचाईलाई थप माथी पुर्याउन सबैको साथ र सहयोगको आवहान गरेका छन्। आगामी कार्यक्रमहरुमा आश्रममा सहयोग गर्ने,सचेतनामूलक कार्यक्रम गर्ने र सामाजिक काम गर्ने लक्ष्य रहेको क्लवको अध्यक्ष बिश्वश घिमिरेले बताए ।
कार्यक्रममा यसै क्लबका सल्लाहकार गणेश पौडेलले आगामी दिनमा सबै संघ सहकार्य गरेर राम्रा खालका सामाजिक कार्य गर्न समेत आग्रह गरे । क्लबले बालबालिका लागि हकअधिकारको लागीसमेत काम गर्दै अघि बढ्ने उनको भनाई छ ।