Logo

नेपाल भ्यालुयर्स एसोसिएसनको अध्यक्षमा ई.ऋषि कोइराला निर्वाचित



काठमाडौं, मंसिर २५ । नेपाल भ्यालुयर्स एसोसिएसनको अध्यक्षमा बरिष्ठ इन्जिनियर ऋषि कोइराला निर्वाचित भएका छन् । ललितपुर गोदावरीस्थित होटल भ्यू भृकुटीमा शुक्रबार सम्पन्न संस्थाको पाँचौं महाधिवेशनले कोइरालालाई तेस्रो कार्यकालका लागि अध्यक्ष पदमा नर्वाचित गरेको हो ।

एशोसिएशनको उपाध्यक्षमा ई. मुक्ति पाण्डे, ई. लक्ष्मण सेढाँई, ई. सञ्जय महतो, ई. जीवन अर्याल र ई. विकास वाग्ले निर्वाचित भएका हुन् । त्यस्तै, महासचिवमा ई. दिनेशकुमार पाठक र सचिवमा ई. अशोक सिलवाल निर्वाचित भएका छन् । कोषाध्यक्षमा ई. अनिश कर्ण निर्वाचित भएका छन् । एशोसिएशनको सदस्यहरुमा भने ई. सचिन भट्टराई, ई. सन्देश श्रेष्ठ, ई. अशोक धमला, ई. श्रीवोध कपाली, ई. नेहा श्रेष्ठ, ई. आष्मा पोखरेल, ई. प्रकाश घिमिरे र ईं रविन्द्र अधिकारी निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्