काठमाडौँ,२६ मँसिर । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले शुक्रबार पोल्यान्डको राजधानी वार्सामा कन्सुलर अफिसको उद्घाटनपश्चात् सम्बोधन गर्दै । नेपाल सरकारद्वारा हालै पोल्यान्डका लागि अवैतनिक वाणिज्यदूत नियुक्त गरिएका डा। बोधराज सुवेदीको पहलमा उक्त अफिस स्थापना गरिएको हो । करिब ६३ वर्ष लामो कूटनैतिक, राजनीतिक र सांस्कृतिक सम्बन्ध रहेको पोल्यान्डमा नेपालको इतिहासमा पहिलोपटक नेपालतर्फबाट अवैतनिक वाणिज्यदूत नियुक्त गरिएको हो । तस्बिर ः कृष्णप्रसाद शर्मा÷रासस