काठमाडौं, २६ मंसिर । सरकारले अध्यादेश ल्याएपछि रेशम चौधरीको आजै रिहा हुने चर्चा छ । टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका चौधरी आजै छुट्ने चर्चा चलेको छ ।
अहिले रेशम आवद्ध नागरिक उन्मुक्ति पार्टीका नेता/कार्यकर्ता चौधरीलाई राखिएको डिल्लीबजार कारागार अगाडि भेला भएका छन् । हिजो (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधन गर्ने निर्णय गरेको थियो ।
सरकारले ल्याएको यो अध्यादेश राष्ट्रपति कार्यालयबाट हुबहु जारी भए रेशम चौधरीलगायत राजनीतिक मुद्दामा जेलमा रहेकाहरुको रिहा हुने निश्चित् छ । file photo